सप्तरीमा तिजमा उल्लासका साथ गीत र नृत्य प्रतियोगपता सम्पन्न

२०७८ भाद्र २४, बिहीबार १६:५१

शुभ नारायण यादव
सप्तरी,भाद्र २४ गते ।
हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज नेपाली हिन्दू महिलाहरुले आज राजविराजमा उल्लासका साथ मनाएका छन् । स्थानीय हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा तिज महोत्सव मूल समारोह समतिद्वारा यस बर्ष भव्यतापूर्वक प्रतियोगितात्मक तिज गीत तथा नृत्य कार्यक्रम सम्पन्न गरेको हो । तिज महोत्सव मूल समारोह समितिका संयोजक राजविराज जेसीजकी निवर्तमान अध्यक्ष एवम् पत्रकार पुनम पोखरेलको अध्यक्षतामा आयोजित प्रतियोगितात्मक गीत÷नृत्य प्रतियोगिता कार्यक्रममा उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो । राष्ट्रिय गीतबाट सुरु भएको प्रतियोगितात्मक खण्डमा मौलिक गीततर्फ थारु भाषामा गीत र नृत्य गर्नु हुने राजकुमारी चौधरी, बिमल चौधरी र राधा चौधरीको समूह प्रथम, नेपाली गीतमा गीत र नृत्य गर्नुहुने मञ्जु श्रेष्ठ, बिना उपाध्यक्ष र अनार श्रेष्ठको समूह द्वितिय तथा सरस्वती कार्की, रत्ना कार्की र सुमित्रा देवकोटाको समूह तृतिय हुनु भयो । यसैगरी अडियोतर्फ मैथिली गीतमा एकल नृत्य गर्नुभएकी रश्मी यादव र समूहतर्फ नेपाली गीतमा नृत्य गरेकी मान्सी पोखरेल, मेघना सिंह र प्रकृति थापाको समूहले उत्कृष्ठ स्थान हासिल गर्नुभयो ।



ताजा खबर