सर्लाहीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकाता अधिवेशन सम्पन्न

२०७८ कार्तिक २३, मंगलवार ०५:५८


राजिव शाह
सर्लाही,कार्तिक २३ गते ।
सर्लाही जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकाता अधिवेशन सम्पन्न भएको छ ।
सोमबार सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सत्यनारायण नारायण राय यादवको अध्यक्षमा चयन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा स्थित जानकी पार्टी प्यालेसमा जिल्ला एकता अधिवेशन सम्पन्न गरेको छ ।
सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट सत्यनारायण रायको अध्यक्षतामा २० सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।साथै सोही अधिवेशनबाट सर्लाही जिल्ला अन्तर्गतको चारवटै संसदीय निर्वाचन क्षेत्रका लागि संसदीय क्षेत्र अध्यक्षहरुको समेत चयन गरेको पार्टीले जनाएको छ।
राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले अधिवेशनलाई सम्बोधन गर्दै राप्रपाले समानुपातिक समाबेशी सहभागीता हुनुपर्नेमा जोड दिए । साथै उहाँले अहिले देशमा प्रधान न्यायाधीशको विवाद लगायतले राजनितीक संकट आएको प्रतिक्रिया दिए । ब्यापक भ्रष्टाचार बेरोजगारीले देशमा राजनीतिक संकट निकासका लागि अब राप्रपा अभियानका रुपमा अगाडी आउन नेता कार्यकर्तालाई आग्रह समेत गरे । यसैगरी प्रदेश नं. २ का अध्यक्ष तथा पुर्वमन्त्री समेत रहेका रामचन्द्र रायले मधेसलाई उपेक्षा गरेर गर्ने राजनिती मधेसमा भलो नहुने बताए । नेपाली काङ्ग्रेस एमाले माओवादीबाट मधेसी जनता पटकपटक ठगिएको आरोप लगाउदै राप्रपा मधेसको मेरुदण्ड भएको रायले प्रतिकृया दिए ।
आगामी मंसिरमा काठमाडौंमा हुन लागेको पार्टीको केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन गरेको राप्रपा पार्टीले जिल्ला कमिटीले जनाएको छ ।
कार्यक्रममा सांसद एवं पार्टीका महामन्त्री राजेन्द्र लिङ्देल लगायत केन्द्रिय जिल्ला स्तरका नेताहरुले मन्तव्य राखेका थिए ।
आयोजित कार्यक्रममा केन्द्रीय सदस्य श्याम तिमन सिंह ,भरत गिरी,प्रदेश न–२ अध्यक्ष एवं केन्द्रिय उपाध्यक्ष रामचन्द्र राय,केन्द्रीय सदस्य मिना झा लगायत पार्टीका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



ताजा खबर