मिडिया काउन्सिल अध्यक्ष वरिष्ठ पत्रकार भट्टराईको निधन

२०७९ मंसिर १७, शनिबार १४:१८

नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका सस्थापक अध्यक्ष तथा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार शिवहरि भट्टराईको गएराती निधन भएको छ ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आमन्त्रणमा जिल्ला शाखाको साधारणसभा शनिबार हुनगइरहेको जिल्ला शाखाको साधारणसभाको लागि शुक्रवार सर्लाही पुग्नुभएका वरिष्ठ पत्रकार भट्टराईको सुत्ने कोठा भित्रै शनिबार बिहानै वहाँको पार्थिव शरीर मृत अवस्थामा भेटेको नेपाल पत्रकार महासंघ मधेश प्रदेशको अध्यक्ष राजेश कर्णले जानकारी गराए ।
सर्लाहीकै अस्पतालमा पोष्टमार्टम पश्चात शनिवार नै सप्तरीको राजविराज -७ स्थित रहेको जन्मघर ल्याएर उहाँको पार्थिव शरीरलाई अत्येष्टी गरिने नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण देबले जानकारी दिएको छ ।
सर्लाहीको लालबन्दी देखि ८ किमी उत्तरमा रहेको पथ्थरकोट भन्ने स्थानमा होटल होलीडेमा राती सुतिरहेको अवस्थामा ह्रदयघातका कारण देहान्त भएको देखिन्छ ।
विहान अरु ‘साथीहरू चिया खान निस्किदा वहाँको खोजी भयो र वहाँकै ड्राइभरलाई बोलाउन कोठा तिर पठाउदा भित्रबाट चुकुल लागेकै थियो । हो ‘ वहाँ राती सुत्ने कोठामा एक्लै हुनुहुन्थ्यो ‘ निधन भएको कोठामा ब्लडको उल्टी अत्यधिक मात्रामा भएको र वहाँले सेवन गर्दै आउनुभएका औषधीहरु कोठाभरी यत्रतत्र छरिएको बाहिरबाटै खुलेको हेर्न मिल्ने एउटा भ्यालबाट सबै दृश्य देखेर कोठा खोलेर हेर्दा वरिष्ठ पत्रकार भट्टराईको निधन भईसकेको प्रदेश अध्यक्ष कर्णले बताए ।
नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहिसक्नु भएका वरिष्ठ पत्रकार भट्टराई विगत चार दशकदेखि सप्तरीको पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय मधेस प्रदेश सरकारले उहाँलाई मिडिया काउन्सिलको अध्यक्ष को जिम्मेबारीमा नियुक्त गरिएको थियो । वरिष्ठ पत्रकार भट्टराईले आफ्नो पत्रकारिताको जीवनकालमा दर्जनौ पुरस्कार तथा प्रशंसापत्रसँगै नेपालको पत्रकारिता क्षेत्रमा सबभन्दा ठूलो राशीको पुरस्कार मानिने कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार पनि प्राप्त गरिसक्नुभएको थियो ।



ताजा खबर